मिल्यो नाउपा विवाद, रेशमले भने: पार्टी र सरकार दुबै तिमी चलाउ

मिल्यो नाउपा विवाद, रेशमले भने: पार्टी र सरकार दुबै तिमी चलाउ

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को आन्तरिक विवाद मिलेको छ।

नाउपाका संरक्षक तथा श्रीमान रेशमलाल चौधरी र पार्टी अध्यक्ष एवं रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीबीचको विवाद मिलेको हो।

पार्टीको टिकापुरमा सम्पन्न महाधिवेशनपछि चुलिएको श्रीमान/श्रीमतीको विवाद लामो समयचल्दा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री गुमाउनुपर्यो।

उता रेशमले श्रीमती र निर्वाचन आयोगविरूद्ध मुद्दा हाल्दा यता सुदूरपश्चिम प्रदेश सभामा रहेका श्रीमान रेशम पक्षका सांसदलाई नै रञ्जिताले बर्खास्त गर्नसम्म पुगिन्। झन्डै ती सांसदको पद अदालतले बचाइदियो।

महाधिवेशनले आफू अध्यक्ष बनाएको र आफू नै अध्यक्ष हु्नका लागि निर्वाचन आयोगले रोकेको भन्दै रिसको झोकमा आयोग र श्रीमतीविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधिन रहेकै समयमा उनीहरूको घर झगडा मिलेको छ।

जसको जानकारी आज उनीहरू दुवैले फेसबुकबाट दिएका छन्।

रेशमले पार्टी महासचिव ठाकुर सिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै श्रीमतीलाई नै चलाउन दिएको जानकारी दिएका छन्। उनले लेखेका छन्,‘पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ।ְֹֹ’

त्यस्तै, रञ्जिताले पनि नाउपा जसको हो उसकै भएको र आफूहरूलाई छुटाएर कसैको केही नहुने बताएकी छिन्। उनले लेखेकी छिन्, ‘नागरीक उन्मुक्ती पार्टी जसको हो उसैको हो। कसैले धेरै खेल्न नखोजे हुन्छ। रेशम रन्जितालाई छुटाएर कसैको केही हुदैन।’

यस्तै, रेशमले छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।

Skip This
Skip This
Logo