काठमाडौं । नेपालका बाल गायकद्वय प्रितम आचार्य र आयुष केसी ‘सारेगमप’ को सेमिफाइनलमा पुगेका छन् । शुक्रबार दुवै बालकले फेसबुक मार्फत सेमिफाइनलमा पुगेको जानकारी गराएका छन्। भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुदैं आएको छ ।
सेमिफाइलनमा उनीहरु सहित ६ प्रतिस्पर्धी हुनेछन् । फ्रेब्रुअरी ९ बाट सुरु भएको बालगायन रियालिटी कार्यक्रम सारेगमपमा नेपालबाट दुई जना सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन् । यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।
१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी भएका थिए । कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए।





























प्रतिक्रिया