नेपालको क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल नियुक्त

नेपालको क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको क्रिकेट प्रशिक्षकमा भारतीय नागरिक उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटुवाललाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाला आएका पटवाललाई आईसीसीले नै मासिक ७ हजार डलर पारिश्रमिक दिनेगरी नियुक्त गरेको हो । पटवाल र राखेपबीच साँझ ५ बजे सम्झौतामा हस्ताक्षर हुनेछ । सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

उनलाई प्रशिक्षकमा नियुक्त गर्नु एकदम राम्रो भएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाको भनाई छ । नेपाली क्रिकेट क्षेत्रलाई माथि पटवाल उनको एकदमै महत्वपूर्ण भूमिका टमटाको भनाई छ । अब राष्ट्रिय टिमसँगसँगै अण्डर १९, अण्डर १६, महिला क्रिकेट टिमलाई पनि अगाडि बढाउनुपर्ने उनको धारणा छ । सबैलाई समेटेर लैजानसक्ने क्षमता पटवालमा रहेको प्रशिक्षक टमटाको भनाई छ ।

को हुन् पटवाल ?

उनी नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कोचमा रुपमा सन् २०१८ मा नेपाल आएका थिए । मुम्बईका पटवाल सन् २०१४ मा टी(२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । उनले अफगानिस्तानको लिग टिममा आवद्ध टिममा प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।

४७ वर्षीय पटवालले सन् २०१० को बिश्वकप छनौटमा पहिलो पटक अफगानिस्तान टिमलाई सघाएका थिए । सन् २०१४ को बंगलादेशमा सम्पन्न एसिया कप तथा २०१४ टि-२० बिश्वकपको दौरान अफगानिस्तान क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक रहेका थिए । उनी २०१५ विश्वकपमा पनि अफगानिस्तान टिमको ब्याटिङ प्रशिक्षक रहेका थिए । पटवाललाई २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा पठाएको थियो ।

पटवाल एभरेस्ट प्रिमियर लिगको दौरान बिराटनगर वारियर्सका प्रशिक्षक रहेका थिए । नामिबियामा खेलेको डिभिजन-२ प्रतियोगितामा मुम्बईका अर्का प्रशिक्षक सुलक्षन कुल्कर्नी प्रशिक्षक थिए । कुल्कर्नीको प्रशिक्षणबाट नेपाली टिम असन्तुष्ट भएपछि विश्वकप छनौटमा पटवाललाई आईसीसीले पठाएको थियो । पटवाललाई नेपाली टिम र विशेषगरी पारस खड्काले मन पराएका थिए ।

विश्वकप छनौटपछि पटवाललाई पारस खड्का संलग्न टिमले आयोजना गरेको पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका दिईएको थियो। पोखरा प्रिमियर लिगपछि पारसको एभरेस्ट प्रिमियर लिग टिम बिराटनगर वारियर्सको प्रशिक्षकको रुपमा समेत पटवालले काम गरेका थिए।

पटवाल भारतको भिदर्भ क्रिकेट एसोसिएसन एकेडेमी, ग्लोबल क्रिकेट स्कुल तथा पाएड क्रिकेट क्लब मुम्बईमा समेत प्रशिक्षकको रुपमा सघाउदै आएका छन्। पटवाल प्रशिक्षण गर्ने कडा शैलीको कारण परिचित छन् जो निकै चतुर प्रशिक्षक मानिने गर्छन् । उनी फिटनेसमा पनि बिशेष जोड दिन्छन् ।

Logo