जसले आफ्नै पसल चोरे

जसले आफ्नै पसल चोरे

केन्द्रबिन्दु
0
Shares

सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्थ हो।

मकवानपुर प्रहरीले एक जना यस्तै ‘चोर’ लाई पक्राउ गरेको छ । मकवानपुरको हेटौडास्थित घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले गत जेठ ११ गते आफ्नै पसल चोरी भएको र पसलबाट ३ लाख १२ हजार नगद सहित ३२ लाख ९३ हजार २ सय ८४ रुपैँया बराबरको इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीलाई उजुरी दिएको थिए ।

उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीलाई पसल सञ्चालकमाथिनै शंका लागेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरि अनुसन्धान गर्दा घिमिरे स्वयमले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाईएको हो । प्रहरीले उनले चोरी गरेको सामन हेटौँडा ४ पारिजातपथमा एक घरबाट बरामद समेत गरेको छ ।

बैंकले ५० लाख ऋण तिर्नको लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको छ ।

Logo