सांसद डा. सुनिल शर्माको पहलमा बाजुरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. सुनिल शर्माको पहलमा बाजुरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
15
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीको स्वास्थ्य टोली लिएर बाजुरा पुगेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका सांसद शर्मा आइतबार बाजुरा पुगेका हुन्। उनकै उपस्थितीमा स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिका बाजुराको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ७५ जना बिरामीले उपचार गराएका छन् ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार शिविरमा आएका बिरामीमध्ये ११७ जनाको ईसीजी, २१३ जनाको ल्याब परीक्षण र १६६ जनाको भिडियो एक्सरे गरिएको छ । साथै ७८ जनाको ईको गरिएको थियो । शिविरमा आएका बिरामीमध्ये ११४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ, उनीहरुको केएमसीमा सम्भव सबै उपचार निःशुल्क गरिने छ ।

स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा सांसद शर्माको प्रमुख आतिति रहेका थिए । कार्यक्रममा समाजसेवाी सुभाष पोख्रेल, केएमसीका महाप्रबन्धक दाहाल, पूर्व सांसद रीता शाही, पूर्व मन्त्री जनकराज गिरी र कमल बुडाले मन्तव्य राखेका थिए ।

अब केएमसीको स्वास्थ्य टोली लिएर सांसद शर्माले यही बैशाख १७ गते हुम्लाको सर्केघाट, बैशाख १९ गते मुगुको गमगढी र २१ गते कालीकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछन् । शिविरमा ठूलो रोग जस्तै: मुटु, मिर्गौला, पाठेघरसहित स्त्रीरोग, नाक, कान, घाँटीलगायतको शल्याक्रिया गर्नुपरे विपन्न र असाहयता बिरामीलाई काठमाडौं लगेर निःशुल्क उपचार गराइनेछ ।

Skip This
Skip This
Logo