संखुवासभामा ६ सय वर्ष पुरानो मल्लकालीन इँटा फेला

संखुवासभामा ६ सय वर्ष पुरानो मल्लकालीन इँटा फेला

केन्द्रबिन्दु
0
Shares

संखुवासभा,

संखुवासभाको एतिहासिक बजार चैनपुरमा ६ सय वर्ष पुरानो मल्लकालिन इँटा फेला परेको छ । चैनपुर बजारका नारायण श्रेष्ठको घरको पीढिमा प्रयोग भएको इँटा मल्लकालिन समयमा उत्पादन भएको पाइएको छ । नारायण श्रेष्ठको घरमा पीढिमा प्रयोग भएको इटा १४ औँ शताव्दी भन्दा अगाडीमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुंगेलले जानकारी दिए ।

संखुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ती भएको इतिहासविद् डा.ढुंगेलले बताए । उनले भने, ‘६ सय वर्ष भन्दो पुरानो ईटाहरु फेला परेको छ ।’ यसले चैनपुरको इतिहासलाई महत्वपुर्ण प्रमाण थपेको उनले दावी गरे । चैनपुरमा पहिलो पटक मल्लकालिन समयमा प्रयोग हुने गरेको इँटा फेला परेको र यसलाई संरक्षण गर्नु आवश्यक भएको बताए ।

फेला परेको ईंटाको लम्बाई १४ ईन्च, चौडाई ८ ईन्च र मोटाई २ ईन्च रहेको डा.ढुंगेलको भनाइ छ । यो पुरानो ईट्टा भएकाले यसलाई पुरातत्व विभाग, स्थानिय प्रतिनिधि र स्थायियलाई आवह्वान गरेर त्यसको सुरक्षा रेलिङ राखेर गर्नुपर्ने बताए । मल्लकालिन इटाको वारेमा पुरातत्व विभागमा लिखित रुपमा जानकारी समेत गराउने इतिहासविद् ढुंगेलको भनाइ छ । नेपाल एकिरणका अगाडि बाटै इतिहासमा संखुवासभाको महत्व रहेको छ ।
राजधानीबाट

Logo