अध्यागमन अधिकृतले श्रीमतीको नाममा राखे २ करोड ६ लाख

अध्यागमन अधिकृतले श्रीमतीको नाममा राखे २ करोड ६ लाख

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले अधिकृत अर्यालबिरुद्ध २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । अर्यालले १६ वर्षे सार्वजनिक सेवा अवधिमा वैधानिक आयभन्दा लगानी गरेको सम्पत्ति अत्यधिक रहेको पाइएको छ ।

अर्यालले वि.सं. २०५९ भदौ २३ मा सेवा प्रवेश गरेकोमा ०७६ मंसिर मसान्तसम्ममा उनको वैधानिक आय २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ देखिए पनि उनले ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अवैध रूपमा कमाएको पैसा उनले श्रीमती सरिता नेपाल समेतका नाममा जग्गा, घर, सवारी साधन खरिद गरेका थिए।

आयोगले अर्यालकी श्रीमती सरिता नेपाललाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरेको  छ ।

Skip This
Skip This
Logo