आयको सीमा बढाइयो, प्रदेश र स्थानीयतहलाई ४ खर्ब ६३ अर्ब अनुदान

आयको सीमा बढाइयो, प्रदेश र स्थानीयतहलाई ४ खर्ब ६३ अर्ब अनुदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले आयकर लाग्ने आयको सीमा ५० हजार वृद्धि गरेको छ । नयाँ व्यवस्था अनुसार एकल व्यक्तिले ४ लाख सम्म र दम्पत्तिले ४ लाख ५० हजारसम्मको आयमा कर नलाग्ने भएको छ ।

यसअघि एकल व्यक्तिले ३ लाख ५० हजार र दम्पत्तिले ४ लाख रुपैयाँसम्मको आयमा कर तिर्नु पर्दैनथ्यो । सरकारले आयकरको दरमा भने कुनै वृद्धि गरेको छैन । त्यस्तै १ सय ग्रामसम्म सुन देश बाहिरबाट ल्याउँदा भन्सार तिरेर ल्याउन पाउने व्यवस्था गरेको छ ।

प्रदेश र स्थानीय तहलाई चार खर्ब ६३ अर्ब अनुदान

बजेटले प्रदेश र स्थानीय तहले अनुदान र राजस्व बाँडफाँडबाट चार खर्ब ४४ अर्ब ७६ करोड पाउने भएका छन् । प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरिएको छ । त्यस्तै, आगामी आर्थिक वर्षमा ससर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड रुपैयाँ र स्थानीय तहलाई एक खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सुर्ती जन्य पदार्थको अन्त शुल्कमा पनि बृद्धि भएको छ । पहिले प्रति केजी ८५ रूपैया तिर्नु पर्ने अन्तःशुल्कलाई बढाएर ९५ रूपैया बनाइएको छ । त्यसै गरी १३४० रूपैया तिर्नु पर्ने अन्तःशुल्कमा १३५ रूपैया बढाएर १४७५ रूपैया बनाइएको छ ।

सिमेन्ट र फलामे डण्डीमा पनि १० प्रतिशतले अन्तः शुल्क बढाइएको छ । सिमेन्टमा पहिले प्रति मेट्रिक टन २ सय रूपैया अन्त शुल्क तिर्नु पथ्र्यो भने अब २२० रूपैया तिर्नु पर्नेछ । त्यसै गरी फलामे डन्डीमा प्रति मेट्रिक टन १५ सय रूपैयाँ तिर्नुपर्थ्यो । अबदेखि १६५० रूपैया तिर्नुपर्नेछ ।
नयाँ पत्रिकाबाट

Logo