सगरमाथाको फेदमा कुमारी बैंकको एटीएम

सगरमाथाको फेदमा कुमारी बैंकको एटीएम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
कुमारी बैंकले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबारमा सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद स्थित सोलुखुम्बुको दिङबोचेमा एटीएम सुविधा सुरु गरेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङबोचे, सोलुखुम्बुस्थित ४ हजार ४ सय १० मिटर उचाइमा अवस्थित उक्त एटीएम देशकै सबैभन्दा उचाइमा रहेको एटीएम हो ।

उक्त उद्घाटन समारोह बैंकका नायव महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ बासिन्दा फु ताशी शेर्पाले संयुक्त रूपमा सम्पन्न गरे । खुम्बु क्षेत्रका पदमार्गी पर्यटकलगायत स्थानीय बासिन्दालाई नगद बोकेर हिँड्ने झन्झटबाट मुक्ति दिलाउँदै, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटीएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।

हालसम्म कुमारी बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, ३ वटा शाखारहित एकाइ मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Logo