काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेश, क्षेत्र, व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गरे ।
गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सृजना गर्ने तथा उत्पादन वृद्धिमा जोड दिइएको पनि स्पष्ट पारे ।
‘गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदति गर्न हामीले रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याएका छौ र उत्पादन वृद्धिमा जोड दिएका छौ,’ प्रधानमन्त्री ओलीले थपे, ‘उपभोग्य बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आम जनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकास आयोजनाहरु तीव्र गतिमा अघि बढेका छन ।’































प्रतिक्रिया