ग्लोबल आइएमई बैंकको वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
189
Shares

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा ३ सय जनाभन्दा बढी ग्राहकको उपस्थितिथि रहेको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए।

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्बेश्य आफ्ना ग्राहकमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ।

ग्लोबल आएमई बैंकमा ४६ लाखभन्दाबढी निक्षेपकर्ता एवं ६० हजारभन्दा बढी ऋणी रहेको बैंकले जनाएको छ।

Skip This
Skip This
Logo