नयाँ दिल्ली,
बलिउड अभिनेता अजय देवगनलाई पितृशोक परेको छ । बलिउड चलचित्र उद्योगका एक समयका चर्चित एक्सन डाइरेक्टर विरु देवगनको हृदयघातका कारण निधन भएको हो । केहि दिन अघि बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
विरु देवगनले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’ को निर्देशनसमेत गरेका थिए । ७७ वर्षिय विरुले १ सय ५० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् ।
‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको निधनले बलिउडले एउटा प्रतिष्ठित कलाकार गुमाएको छ । भारतीय समाचारमाध्यमहरुले उल्लेख गरे अनुसार सोमबार साँझ उनको अन्त्येष्टि गरिने छ ।





























प्रतिक्रिया