वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित

केन्द्रबिन्दु
15
Shares

घरेलु टोली नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’माथि ६ विकेटको जित दर्ता गरेको हो । हुन त योसँगै शृङ्खलामा वेस्ट इन्डिज ३–२ ले जित दर्ता गरेको छ । तर, नेपालले आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदानमा सानदार फिनिसिङ गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गरेको हो । नेपाललाई जिताउन ओपनर आशिफ शेख र अनिल शाहले अर्धशतकीय इनिङ खेले । अनिलले ४५ बलमा ४ चौका र ४ छक्काको मदतमा सर्वाधिक ५८ रन जोडे । त्यस्तै, आशिफले ३५ बलमा २ चौका र ५ छक्काको मदतमा ५१ रन जोडे ।

साथै कुशल मल्लले सानदार फिनिसिङ गरे । १८ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे । १८औं ओभरको पाँच बलमा पाँच बल नै बाउण्ड्री कटाउँदै २२ रन जोडे । यसअघि ओपनर कुशल भुर्तेलले भने १३ रनमै मैदान छाडेका थिए । उनी आज पनि चल्न नसकेका हुन् । ९ बल खेलेका उनले ३ चौकाको मदतमा १३ रन जोडे । उनी नेपालका आशाका केन्द्र हुन्, तर पछिल्लोसमय क्रिजमा टिक्न उनलाई धेरै मुस्किल परेको छ । यसले नेपाललाई थप दबाब सिर्जना भएको छ ।

बलिङतर्फ वेस्ट इन्डिज ‘ए’ का ओबेद मक्कोयले ३ विकेट लिए भने म्याथ्यु फोर्डले १ विकेट लिए ।  

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको थियाे । वेस्ट इन्डिज ‘ए’का लागि कुनै पनि खेलाडीले ठूलाे इनिङ खेलेनन् तर, लक्ष्य भने प्रतिस्पर्धात्मक नै दिएको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । २९ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरेर अविजित रहे ।

कप्तान रोष्टन चेज ३३ रनमा क्याचआउट भए । साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिए । अविनाश बोहराकाे नाममा एक विकेट रह्याे ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo