गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले वार्ता अगाडि बढाएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री थापाले विप्लव समूहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता-संवादद्वारा मूल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाइराखेको बताए।
‘यो प्रक्रियामा सरकार अगाडि नै बढिराखेको छ’, गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मूलधारमा ल्याउन र उनीहरूको गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ।’ त्यसअघि गृहमन्त्री थापाले विप्लव समूह सक्रिय रहेको र चार कम्पनी जनसेना निर्माण गरेको बताए। ‘जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेको छन्’, गृहमन्त्री थापाले भने, ‘यो सबै गतिविधि नेतृत्व गर्नका लागि नेकपा नामको पार्टी गठन गरेका छन्।’
गृहमन्त्री थापाले ‘केही समययता नेकपा विप्लव समूहले संविधानको विरूद्ध, राज्य व्यवस्थाको विरूद्ध, गैरकानुनी, संविधान विरोधी, शान्ति विरोधी गतिविधि गर्दैं आएको’ बताए। उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन गरेको जानकारी दिए।
उनले विप्लव नेतृत्वको माओवादीको गतिविधि प्रदेश र संघको निर्वाचनमा देखिएको स्मरण गराए। ‘देशव्यापी रूपमा भ्रष्टाचारका विरूद्ध भन्ने नारा अन्तर्गत एनसेलका टावर र विस्फोट गरेका घटना देख्यौं’, उनले भने। सोमबार प्रतिनिधिसभामा आइतबार भएको घटनाबारे जानकारी दिन उनी बैठकमा उपस्थित भएका हुन्।
गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा मर्ने नागरिक नभएको बताए । मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको दाबी गरे । ‘उनीहरू नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको कार्यकर्ता हुन्,’ मन्त्री थापाले भने।
तर प्रतिनिधि सभामा कांग्रेस सभासद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हो? भन्दै प्रश्न गरेका थिए।
उनले विप्लव नेतृत्वको माओवादीको गतिविधि प्रदेश र संघको निर्वाचनमा देखिएको स्मरण गराए। ‘देशव्यापी रूपमा भ्रष्टाचारविरूद्ध भन्ने नारा अन्तर्गत एनसेलका टावर र विस्फोट गरेका घटना देख्यौं’, बादलले भने। आइतबारमात्रै काठमाडौंको तीन स्थानमा विस्फोट भएको थियो। विस्फोटमा परी ४ जनाको मृत्यु भएको थियो।































प्रतिक्रिया