काठमाडौं ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा गरिएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गर्नु पर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।
आज क्षमा पूजा गरिएपछि भोलि (पुष १ गते) देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइनेछ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ ।































प्रतिक्रिया