काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सले मेमे नेपालविरुद्ध मुद्दा हालेका छन् । युट्युब च्यानल मेमे नेपालविरुद्ध चाम्सले एक करोड क्षतिपूर्ति, ४ लाख रुपैयाँ जरिवाना र ४ वर्षको कैद सजाय माग गर्दै मुद्दा हालेका हुन् ।
मेमे नेपालले अहिले चलिरहेको चलचित्र ‘विरबिक्रम-२’ का बारेमा भ्रामक र तथ्यहिन आरोप लगाएको, तथानाम अपशब्द प्रयोग गरेर दर्शकलाई फिल्म नहेर्न प्रेरित गरेको चाम्सको आरोप छ ।
दोस्रो हप्तामा पनि राम्रो व्यापार गरिरहेको चलचित्र ‘बिरबिक्रम-२’ का बारेमा आलोचना भन्दा पनि छाडा शब्द प्रयोग गरेर गालिगलौज गरेको, फिल्म हेर्न नजानु भन्दै दर्शकलाई भ्रममा पारिरहेको भन्दै चाम्सले मेमे नेपालका प्रनेश गौतमविरुद्ध मुद्दा हालेका हुन् । शुक्रबार उनले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेपछि गौतम फरार रहेको चाम्सको भनाई छ ।































प्रतिक्रिया