काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै बम बिस्फोट भएपछि सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले सुरक्षा बैठक बोलाएका हुन् । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।
सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकामा पर्ने सुकेधारामा आइतबार दिउँसो बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएपछि गृहमन्त्रालयले आकतकालिन बैठक बोलाएको हो ।
घट्टेकुलोमा भएको विस्फोटमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ । विप्लव समूहले आफ्ना नेता कार्यकर्ता रिहाई माग गर्दै सोमबार बन्द आव्हान गरेको छ । बन्द आव्हानको अघिल्लो दिन त्रसित पार्ने उदेश्यले बिस्फोट गराएको हुन सक्ने प्रहरीले जनाएको छ । बिस्फोट क्षेत्रमा विप्लव समूहको पर्चा भेटिनुले पनि उसकै संलग्नता रहेको आशंका गरिएको हो ।































प्रतिक्रिया