‘कान्स ’ को रेड कार्पेटमा हिड्ने भन्दै प्रियंकाले किन ढाटिन् ?

‘कान्स ’ को रेड कार्पेटमा हिड्ने भन्दै प्रियंकाले किन ढाटिन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिश्वकै सबैभन्दा चर्चित कान्स फिल्म महोत्सव २०१९ (हिजो) मे २५ मा सम्पन्न भएको छ । हरेक बर्ष फ्रान्सको पेरिसमा आयोजना हुने कान्स फिल्म महोत्सवमा बलिउडदेखि हलिउड बलिउडसम्मका स्टारहरुको उपस्थिति रहन्छ ।

यो पटक धेरैजसो मिडियाले कान्स फिल्म महोत्सवलाई विशेष महत्वका साथ कभरेज गरे । हुनत हरेक बर्ष हुने कान्स महोत्सवको चर्चा विश्वमै हुने गर्छ । विश्वमै चर्चित मानिने फिल्म महोत्सव त्यो माथी पनि विश्वमै नाम कहलिएका स्टार्सको रेड कार्पेटमा स्टाइलको साथ प्रस्तुति हुने भएकोले चर्चा नहुने त कुरै भएन । तर, यो पटकको चर्चा भने विल्कुलै फरक थियो ।

कान्सको ७२ औं संस्करणसम्म आइपुग्दा नेपालका अभिनेत्रीहरु सहभागीता भएका थिएनन् । गत वर्ष २०१८ मा चर्चित ट्रान्सजेन्डर मोडल अञ्जली लामाले सहभागीता जनाएकी थिइन् । तर, अभिनेत्रीमा प्रिंयका पहिलो नै थिइन् । केहि दिन पहिला उनले सोसल मिडिया मार्फत कान्सबाट आफुलाई निम्तो आएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिईन् ।

उनले फ्रान्स जानु अघि तस्विरहरु पोष्ट गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई मौका दिएर नेपाललाई सम्मान गरेको छ । यो एउटा सपना पनि थियो र जुन पुरा हुँदैछ । उक्त प्रतिष्ठित महोत्सवमा विश्वकै चर्चित व्यक्तित्व रेड कार्पेटमा वाक गरेको देखेर एक दिन मेरो पनि पालो आउने छ भनेर आफैंलाई शान्त्वना दिन्थें । अहिले मेरो सपना वास्तविकतामा परिवर्तन भएको छ ।’

कान्समा प्रियंकाको उपस्थितिले नेपालीहरु खुशी र गौरवान्तित भएका थिए । यो नेपाली चलचित्रको प्रतिनिधित्व नेपालको गौरवको कुरा पनि थियो । तर, यो खुशी धेरै समय टिक्न सकेन । ५ दिनसम्म रहने उक्त महोत्सवमा उनको प्रशंसकहरुले रेड कार्पेटमा वाक गर्दै गरेको तस्बिरहरुको पखाईमा बसे । तर, प्रियंकाले रेड कार्पेटमा हिडेको तस्बिर कहि कतै देखिएन ।

रेड कार्पेटमा हिडेको तस्बिर त परको कुरा उनको कुनै पनि तस्बिरमा कान्सको माहोल समेत देखिएन । साथै उनले कुनै पनि औपचारिक कार्यक्रमको तस्बिर पनि सेयर गरेकी छैनन् । उनको तस्बिरमा पुरै खाली स्टेजमा कार्यक्रम सकिएपछिको जस्तो माहोल देखिन्थ्यो ।

उनले शनिवार राति रेड कार्पेटमा उपस्थिति हुने बताएपनि पोष्ट गरेको तस्बिरहरुमा कान्सको रेड कार्पेटको झल्को दिने खालको केहि देखिएन । बरु उल्टै उनलाई बलिउड स्टारहरुको कपी पेष्ट गरेको आरोप लगाइदिए । उनीसँग कुनै मौलिकता नभएको भन्दै उनकै प्रशंसकहरुले ‘कपि क्याट’ को विल्ला भिराइदिए ।

उनले फ्रान्स जानु अघि आफु रेड कार्पेटमा हिड्ने बताएकी थिइन् । नेपालबाट प्रतिनिधित्व गर्ने आफु पहिलो अभिनेत्री भन्न समेत भ्याएकी थिएन् । उनले कान्समा रेड कार्पेटमा नै हिड्दै गरेको कुनै पनि गरेको भिडियो भने सेयर गरेकी छैनन् । तर उनले पुरानै भिडियो भने फेरि सेयर गरेकी छिन् ।

एनटिभी अस्ट्रेलिया व्युरोले लेखेको छ, नेपालबाट कसैलेपनि सहभागिताको लागि कसैले पनि निम्तो पाएका छैनन् । कान्सले पहिल्यै रेड कार्पेटमा हिड्नेको सूचि सार्वजनिक गर्छ । यसपटक पनि हलिउड र बलिउडका केही ठूला सेलेव्रिटीले समेत कान्स रेड कार्पेटका लागि मौका नपाएको खबर आइरहेको छ ।

केहि दिन अघिसम्म प्रियंकाको कान्स फिल्म महोत्सवको उपस्थितिलाई सकारात्मक रुपमा लिएका उनको प्रशंसकले बधाई तथा शुभकामना दिँदै आएका थिए । तर उनको झूठले उनको प्रशंसकहरुलाई ठूलै झट्का लागेको छ ।

नकारात्मक कमेन्ट आएपछि उनले इन्स्ट्राग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । उनको यो भ्रमण व्याक्तिगत भएको हुन सक्ने अनुमान गर्न थालिएकोे छ । फ्रान्स जाुनअघि उनले कान्समा रेड कार्पेटमै सहभागीता भनेर स्टाटस त लेखिन् । तर यो पटक प्रियंकाको कान्स रेड कार्पेटमा हिड्ने धोको अधुरै रह्यो ।

Logo