काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेकाे नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।
मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) रहेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया