काठमाडौंं,
बैंक तथा वित्तीय संस्थामा तरलता समस्या दोहोरिदै गएपनि बैंकहरूको नाफामा भने उच्च अंकको वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५ प्रतिशतसम्म नाफा वृद्धि गरेका छन् ।
हाल सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको आधारमा सो तथ्य सार्वजनिक भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणासम्म वृद्धि गरेसँगै नाफा पनि उल्लेख्य अंकले बढेको छ । चालू आर्थिक वर्ष सकिन अब डेढ महिनामात्रै बाँकी रहेको छ ।

यसबीचमा वाणिज्य बैंकहरू यस अवधिभित्र २६ खर्ब ३० अर्ब ९२ करोड रुपियाँ निक्षेप संकलन गरी २३ खर्ब ४६ अर्ब ६१ करोड रुपियाँ ऋण लगानी गरेका छन् । जसबाट २८ वटा वाणिज्य बैंकको कुल नाफा ७४ अर्ब ४० करोड ५० लाख रुपियाँ रहेको छ । केही बैंक बाहेक प्रायः सबै बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।
चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड रुपियाँ निक्षेप संकलन गरेको छ । तर नाफा वृद्धिको आधारमा एनआईसी एसिया बैंक रहको छ । सो बैंकले यस अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५ दशमलव ४१ प्रतिशतले वृद्धि गरेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया