नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।
पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ। कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन्।
पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो।
यसैबीच लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय कांग्रेसमा नेताहरुले राजीनामा दिने क्रम सुरु भएको छ । उत्तर प्रदेश, ओडिसा र कर्नाटकका तीन वरिष्ठ नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजीनामा बुझाएका छन् ।
उत्तर प्रदेशमा ८० सिट मध्ये कांग्रेसले रायबरेली सिट मात्रै जितेको छ । राहुल गान्धी आफ्नो अमेठी सिट जोगाउन पनि असफल रहे । यो हारपछि प्रदेशमा कांग्रेसका अध्यक्ष राज बब्बरले पदबाट राजीनामा दिएका छन् ।
यस्तै ओडिसाका कांग्रेस प्रमुख निरंजन पटनायकले पनि राजीनामा बुझाएका छन् । कांग्रेसको महत्वपूर्ण निर्णय लिने क्षमताको कांग्रेस वर्किङ्ग कमिटिको बैठक शनिबार बस्दैछ । यो बैठकमा चुनावी नतिजाको समीक्षा हुनेछ ।
साथैचुनावी हारपछि अध्यक्ष राहुल गान्धीले राजीनामा दिने बताइएको छ ।





























प्रतिक्रिया