काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीविरूद्ध सबै नेता/कार्यकर्ता लाग्न आग्रह गरेका छन्।
बुधबार एमाले कपिलवस्तुको १०औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले गुटबन्दीविरूद्ध सबै नेता/कार्यकर्ता लाग्न आग्रह गरेका हुन्।
उनले भने,‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन। पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन। यो बारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ। अब गुटबन्दीविरूद्ध सबै नेता/कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ।’































प्रतिक्रिया