काठमाडौं । लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् । कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो । कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।
युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए । पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो। ५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।





























प्रतिक्रिया