कान्स फिल्म महोत्सवमा को भन्दा को कम

कान्स फिल्म महोत्सवमा को भन्दा को कम

केन्द्रबिन्दु
0
Shares

हरेक बर्ष फ्रान्सको पेरिसमा आयोजना हुने कान्स फिल्म महोत्सव–२०१९ अन्तिम चरणमा पुगेको छ । १४ मे बाट सुरु भएको उक्त महोत्सव भोलि (२५ मे) सम्म चल्नेछ । यस महोत्सव सिनेमा जगतको सबैभन्दा ठूलो र चर्चित इभेन्ट मानिन्छ । कान्समा हरेक बर्ष अलग अलग देशको अलग अलग भाषाहरुमा बनेको फिल्म र डकुमेन्ट्री रिलिज हुनुभन्दा पहिला नै देखाइन्छ ।

यस इभेन्टमा हलिउड बलिउडको स्टारहरुले बिशेष लुक्स र स्टाइलको पहिरनमा आफुलाई प्रस्तुत गर्छन् । विश्वकै सबैभन्दा चर्चित फिल्म फेस्टिभलमा विश्वकै चर्चित सेलिब्रेटीको उपस्थिति रहन्छ । उनीहरुको रेड कार्पेट वाकमा लगाएको पहिरनको बारेमा धेरै टिका टिप्पणी हुने गर्छ । कसैको पहिरनले वाहवाही बटुल्छ भने कसैको पहिरनको चर्को आलोचना खेप्ने गर्छ । यो पटक पनि बलिउड स्टार्स रेड कार्पेटमा फरक फरक अन्दाजमा देखा परे ।

७२ औं संस्करण रहेको यस महोत्सवमा बलिउड स्टार्सहरुको धेरै नै चर्चा भयो । विश्वकै चर्चित मिडियाहरुले पनि उनीहरुको स्टाइललाई कभरेज गर्न भ्याए । धेरैले बलिउड स्टार्सकै जादु क्यामेरामा कैद गरे ।

१. ऐश्वर्य राय बच्चन

बलिउड सुन्दरी ऐश्वर्य राय बच्चन जहिले पनि आफ्नो सुन्दरताको कारण चर्चामा रहन्छिन् । सबैले उनको लुक्सलाई धेरै नै मन पराउँछन् । ऐश्वर्यले धेरै पटक कान्समा आफ्नो जादु देखाइसकेकी छिन् । हरेक पटक उनी लुक्सको कारण चर्चाम रहन्छिन् । भने कहिले उनको लुक्सको लिएर ट्रोल पनि बन्ने गर्छ । उनी यो पटक कान्समा पहिलो दिन गोल्डेन कलरको र दोस्रो दिन ह्वाइट कलरको गाउनमा देखा परिन् ।

२. प्रियंका चोपडा

प्रियंका चोपडाले यहि सालबाट कान्समा डेब्यु गरिन् । प्रियंकाले कान्स फिल्म फेस्टिवलमा एकदमै ग्ल्यामरस इन्ट्रि लिइन् । प्रियंकाले रेड कार्पेटमा ब्ल्याक कलरको गाउनमा देखिइन् । जुन पहिरनलाई चर्चित डिजाइनर रोर्बेटो कावालीले डिजाइन गरेका हुन् । कान्स महोत्सवको दोस्रो दिन उनी सेतो रंगको गाउनमा श्रीमान निक जोनससँग देखिइन् ।

३. दिपिका पादुकोण

डिम्पल गर्ल दिपिकाले कान्स फिल्म महोत्सव २०१९ मा सबैलाई मन्त्रमुग्ध पारिन् । बलिउड डिभा दिपिकाले कान्समा आफ्नो सुन्दरता निकै देखाइन् । रेड कार्पेटमा उनको लुक्स ग्ल्यामरस देखियो । सोसल मिडियामा पनि दिपिकाको फोटो भाइरल नै भयो । दिपिकाले कान्समा सेतो रंगको गाउन लगाएकी थिइन् । यस पहिरनको मुख्य आकर्षण थियो ‘ब्ल्याक बो ‘। जसको कारण दिपिकाको सुन्दरतामा थप निखार ल्याएको थियो । यसकारण कान्स महोत्सवमा सबैभन्दा धेरै छाइन् ।

४. कंगना रानावत

बलिउड क्वीन कंंगना रानावत कान्समा इन्डियन र रोयल लुकमा ग्रान्ड इन्ट्रि गरिन् । यस गोल्डेन सारीमा कंगना कुनै क्वीन भन्दा कम देखिएकी थिइनन् । कान्समा कंगनाको यस्तो उपस्थितीले सोसल मिडियामा उनको फ्यानहरुको खुशी बढेर गयो ।

५. सोनम कपुर

‘फेसन आइकन’ मानिने सोनम कपुर बलिउडमा अभिनयको भन्दा पनि उनले लगाउने पहिरनको बढी चर्चा हुने गरेको छ । आफ्नो फेसनको लागि दुनियाँमा चर्चित सोनम कपुर रेड कार्पेटमा नपुग्दै चर्चित भइन् । त्यहाँ पुगेको पहिलो दिन उनी रेड कार्पेटमा देखा त परिनन् तर उनको तीन शानदार लुक्सले फ्यानहरुको होश नै उडायो । यि तीन लुक्समा सोनम कपुरलाई निकै सुन्दर देखिएको छ । रेड कार्पेटमा उनले सेतो रंगको पहिरन लगाएकी थिइन् ।

६. हिना खान

हिना खानले कान्स २०१९ मा ग्रान्ड डेब्यु गरिन् । उनी टेलिभिजन एक्ट्रेस हुन् । हिना खानले कान्समा धमकेदार डेब्यु गरिन् । कान्समा उनी पुरै कनफिडेन्टको साथ प्रस्तुत भएकी थिइन् । उनको फोटो सोसल मिडियाहरुमा भाइरल बनिरहेको छ । उनले सिल्भर कलरको गाउन लगाएकी थिइन् । जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

Logo