चितवन,
विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/ ७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ ।
एक वर्षमा कम्तीमा एकदेखि बढीमा २५ वटासम्म करणीका प्रयास भएको उजुरी परेको पाइन्छ । चालु आवको १० महिनामा जिल्लामा करणीका ४४ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
वैशाख मसान्तसम्मको यो अवधिमा जबर्जस्ती करणी उद्योगका नौवटा घटना प्रहरीमा दर्ता भएका छन् । गत आवमा जबर्जस्ती करणीका ५५ घटना भएका थिए । जुन पछिल्लो १० वर्षको अवधिमा भएका घटनामध्ये सबैभन्दा बढी घटना भएको वर्ष हो ।
सो अवधिमा जिल्लामा जबर्जस्ती करणी उद्योगका २३ वटा घटना भएको प्रवक्ता रेग्मीले जानकारी दिए । आव २०७३/७४ मा भने जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगका २५ घटना प्रहरीमा दर्ता भएका थिए । आव २०६६/६७ मा भने १४ वटा बलात्कारका घटना मात्र प्रहरीमा दर्ता भएका थिए । प्रहरीमा दर्ता भएका सबैजसो मुद्दा फछ्र्योट भएका छन् । चालु आवमा ४४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएकामा ४० वटा फछ्र्योट भइसकेको प्रहरी कार्यालयले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया