कांग्रेस प्रवक्ता पाँचथर सामूहिक हत्या प्रकरणस्थल पुग्दा (भिडियोमा)

कांग्रेस प्रवक्ता पाँचथर सामूहिक हत्या प्रकरणस्थल पुग्दा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर सामूहिक हत्याकाण्डबारे स्थलगत जानकारी लिएको छ । कांग्रेसले गठन गरेको तीन सदस्यीय टोलीले घटनाबारे स्थलगत जानकारी लिएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा जेठ ६ राति नौ जनाको सामूहिक विभत्स हत्या भएको थियो । सोही हत्या प्रकरणबारे बुझ्न कांग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पठाएको थियो ।

टोलीमा केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू थिए । उनीहरु घटनास्थल गएर बस्तुस्थितिबारे बुझेका हुन् ।

पार्टी प्रवक्ता एवम् टोली संयोजक शर्माले घटनालाई पक्ष र विपक्ष भन्दा पनि सबैले सहयोग गरेमात्र सत्यतथ्य पत्ता लाग्ने बताए । यस्तो विभत्स हत्याको चाँडै अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरे ।

Logo