आइपिएलमा आज: प्लेअफबाट बाहिरिसकेकाे मुम्बईले कोलकोताकाे सामना गर्दै

आइपिएलमा आज: प्लेअफबाट बाहिरिसकेकाे मुम्बईले कोलकोताकाे सामना गर्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुँदैछ । आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो । त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन ।
 

Logo