जब जनकपुरमा डाकाहरुको प्रहरीसँग जम्काभेट भयो

जब जनकपुरमा डाकाहरुको प्रहरीसँग जम्काभेट भयो

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । जनकपुरधाममा प्रहरी र डाकाबीच भिडन्त भएको छ । मुडभेडमा परी प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ ।

जनकपुरधाम–८ स्थित विहारकुन्डमा डकैती गर्ने उद्धेश्यले आएका उनीहरूमध्ये एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् । घाइते डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

यसैगरी आठ जनाको समूहमा रहेका उनीहरू सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले जानकारी दिए । डिआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उद्धेश्यले भारतीय डाकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका उनीहरू भारतमा समेत लुटपाटजस्ता आपराधिक घटनाहरूमा संलग्न रहेको बताइएको छ। जनकपुरमा डकैती गर्नुपूर्व दिउँसो एक होटलमा बसेको र त्यहीँबाट योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ।

Skip This
Skip This
Logo