काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।
पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्किनेछन् ।





























प्रतिक्रिया