भारतमा चुनावी मतपरिणाम आज, नेपालमा पनि चासो

भारतमा चुनावी मतपरिणाम आज, नेपालमा पनि चासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सात चरणमा सम्पन्न भारतको लोकसभा चुनावको मतपरिणाम आज आउने बताइएको छ ।

आइतबार अन्तिम चरणको मतदान सकिएसँगै सार्वजनिक भएका इन्डिया टुडे एक्सिसले सार्वजनिक गरेको एक्जिट पोल अनुसार नरेन्द्र मोदीको दल भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ३३९ देखि ३६५ सिटसम्म जित्ने अनुमान गरिएको छ । कुल पाँच सय ४५ सदस्य रहेको भारतको तल्लो सदनमा विपक्षी कंग्रेसले नेतृत्व गरेको गठबन्धनले भने ७७ देखि १०८ सिट मात्रै जित्ने अनुमान गरिएको छ ।

भारतमा सरकार गठन गर्नका लागि दुई सय ७२ सिट जित्न आवश्यक रहेको छ । निर्वाचनपूर्व गरिएका विभिन्न सर्वेक्षणले भने भाजपा नेतृत्वको एनडिए ठूलो गठबन्धन बने पनि उसले बहुमत भने नल्याउने अनुमान गरेका थिए । वर्तमान भाजपा नेतृत्वको सरकारका वृत्तमन्त्री अरुण जेट्लीले एक्जिट पोलमा आफू विश्वस्त रहेको बताएका छन् ।

चुनावी परिणाम प्रति नेपालमा पनि चासो

भारतको लोकसभा चुनावमा नेपालको पनि ध्यान केन्द्रित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब सत्तामा आए काठमाडौंसँगको सम्बन्धमा उतार चढाव रह्यो । उनको पाँच बर्षे कार्यकालको अन्त्यसम्म दुइ देशको सम्बन्ध सन्तोषजनक स्थितिमा छ । मोदी प्रधानमन्त्री भएपछि जब पहिलो पटक नेपाल आए तब सडकमा उनलाई हेर्नेको भिड थियो । नेपालको संसदमा मोदीको भाषणले निकै प्रसंसा बटुल्यो । बीजेपीका नेता नरेन्द्र मोदीलाई नेपालले असल साथीका रुपमा चित्रण ग(यो । तर त्यसको केहि समयपछि मोदीको विरोध हुन थाल्यो ।

जब नेपालमा नयाँ संविधान जारी गरियो तब नेपाल–भारतको सम्बन्धमा दरार आयो । नेपालको संविधानमा भारतीय मुलका मधेसीको अधिकारमाथि नजरअन्दाज गरेका कारण भारतले असन्तुष्ट जनाएको बताइयो । मधेस आन्दोलनका कारण भारत र नेपाल सिमामा आर्थिक नाकबन्दी भयो ।

त्यतिबेला नेपाल विनाशकारी भूकम्पनबाट भर्खर उठ्ने कोसिस गरिहेको थियो । सिमामा आर्थिक नाकाबन्दीका कारण नेपालमा दैनिक आवश्यक बस्तु आपुर्तीमा संकट सिर्जना भयो । जसका कारण मोदी सरकारको विरोधीभावना झन बलियो बन्यो ।

Skip This
Skip This
Logo