पाँचथरमा फेरि एक युवा मृत भेटिए

पाँचथरमा फेरि एक युवा मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

फिदिम,

मंगलबार नौ जनाको हत्या र एकजनाको आत्महत्याको शोकमा रहेको पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ ।

पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका हुन् । इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको स्थानीय विनोद आङ्देम्बेले जानकारी दिए ।

थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरेर बसेका थिए । थेगिमलाई कोठामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

थेगिम एक महिना अघिमात्रै कोरियाबाट घर आएका थिए। थेगिमकै श्रीमतीले केही समय अघि मात्रै अर्कैसँग विवाह गरेर गएपछि उनी तनावमा रहेको स्थानीयको भनाइ छ ।

थेगिमले बुधबार बिहान बैनी ज्वाइँ मणिचन्द्र चेम्जोङसँगै भात खाएका थिए । भात खाएपछि सम्पर्क बिहिन भएका थेगिमको खोजी गर्ने क्रममा कोठामै मृत अवस्थामा भेटिएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

युवकको हत्या भएको वा आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुधबार मिक्लाजुङ गाउँपालिका ३ मा दुई परिवारका नौ जनाको मध्यरातमा हत्या भएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo