बीर अस्पतालबाट फरार बलात्कारको आरोपी पक्राउ

बीर अस्पतालबाट फरार बलात्कारको आरोपी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वीर अस्पतालबाट फरार रहेका एक बलात्कारको आरोपी पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई परीक्षणको लागि वीरमा ल्याईएको थियो ।

स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएका बेला उनी भागेका थिए । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले आमा बिरामी भएकाले भागेको बताएको वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए ।

उनले एक बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राखेका थिए । परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएको थियो । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ ।

Logo