काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
स्थानीय सामुदायिक वनमा लागेको डँढेले अनियन्त्रित भई बहुनडाँडाको खरबारीमा सल्केपछि काटेर राखेको खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षका छोरा कञ्चन धमलाको जलेर मृत्यु भएको थियो।
सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा २२ हजार र नगरपालिकाबाट उपलब्ध एक लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ।





























प्रतिक्रिया