काठमाडौं । आजका लागि बोलाइएको नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ।
संसदीय दल कार्यसमितिको बैठक आजका लागि दिउँसो १ बजे र आजै दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको थियो।
अब संसदीय दल कार्यसमिति बैठक मंगलबार बिहान ८ बजे र संसदीय दल बैठक ९ बजे बस्ने तय भएको संसदीय दलले निकालेको सूचनामा उल्लेख छ। बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।
बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हु्ने प्रमुख सचेतक रमेश लेखकको सचिवालयले बताएको छ।































प्रतिक्रिया