अमेरिका र क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

अमेरिका र क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङग गाउँपालिका–२ का ४८ वर्षीय जङ्गबहादुर विक (बराल), सोही ठाउँका ४३ वर्षीय विष्णुबहादुर बराली तथा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

उनका अनुसार परेकाहरुले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा रु चार लाखभन्दा बढीको आकर्षक तलब हुने प्रलोभनमा पारी अमेरिकाका जानका लागि प्रतिव्यक्ति रु ४० देखि ५० लाख र क्यानडा जानका लागि प्रतिव्यक्ति रु २२ देखि ३० लाखसम्म गरी १० जनाबाट रु पाँच करोड ५० लाख रकम ठगी गरेका थिए। उनीहरु नेपालमा टासी शेर्पा, ङिमवुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा प्रयोग गरी भारतको नयाँ दिल्लीमा बसेर सङ्गठित रुपमा मानव तस्करी एवम् ठगीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुर गड्डाचौँकी नजिक लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

Skip This
Skip This
Logo