काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्तमकुमार कार्कीले विश्वासको मत पाएका छन्।
सोमबार प्रदेश सभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्। कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जसपा नेपालका सांसदगरी ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन्।
उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए ।
वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।





























प्रतिक्रिया