मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

केन्द्रबिन्दु
30
Shares

मुगु । पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो। किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ।

कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग बितरण गरेको हो। कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए। स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन्।

तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन्।

Logo