काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ।
मंगलबार उच्च अदालत पाटनमा लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा तोकिएको छ।
लामिछानेको मुद्दामा गत वैशाख २३ गतेको पेसी सूचीमा चढेपनि हेर्न नमिल्नेमा परेको थियो।
काठमाडौं जिल्ला अदालतले लामिछानेले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर भन्दै उनीविरुद्ध आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।
सोहीआदेश विरूद्ध लामिछाने पुनरावेदन गएका थिए।































प्रतिक्रिया