काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएको नभए गलहत्याएर निकालिने दाबी गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएको नभए गलहत्याएर निकालिने दाबी गरेका हुन्।
उनले भने, ‘संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको। जनता समाजवादी पार्टी विभाजित भयो। विभाजित गरियो। सरकारबाट निकालियो। मुन्ट्याउने काम मात्रै भएन। उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो।’
यस्तै, उनले राजनीतिक घटनाक्रम, सत्तामीकरण र गठबन्धन दिनदिनै परिवर्तन भइरहने बताए।































प्रतिक्रिया