सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएको सरकारको दाबी

सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएको सरकारको दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सरकारले सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएको दाबी गरेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएको बताएका हुन्।

उनले भने, ‘सरकारको नीतिले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको छ। सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएका छन्। उच्च पद प्राप्त गर्दैमा कानूनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भयो। नागरिकमा आशा र भरोसा बढ्यो।’

Skip This
Skip This
Logo