संसदपछि सडकमा उत्रियाे कांग्रेसः ओली र रविमाथि प्रहार

संसदपछि सडकमा उत्रियाे कांग्रेसः ओली र रविमाथि प्रहार

केन्द्रबिन्दु
27
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।

बुधबार बिहान नेविसंघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । साथै गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि पनि कानुनी कारबाहीको माग गरिएकाे छ । उनीहरूले ‘गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएको प्ले कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

सहकारी ठगीबारे सदन अवरुद्ध पार्दै आइरहेको कांग्रेसले अब सडकमा उत्रेर विरोध गर्न सुरु गरेको हाे ।

Skip This
Skip This
Logo