शीर्ष नेताको व्यस्तताले नेकपा सचिवालय बैठक स्थगित

शीर्ष नेताको व्यस्तताले नेकपा सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन तथा एकताको बाँकी काम टुङ्गो लगाउन आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । शीर्ष नेताहरुको कार्य व्यस्तता र कार्य सूचीमा तयारी अभावले बैठक सरेको हो ।

सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो । केन्द्रीय सदस्यमध्ये पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, केन्द्रीय निकायको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ ।

जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको सङ्ख्या निर्धारण गरेको थियो ।

Skip This
Skip This
Logo