टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

केन्द्रबिन्दु
12
Shares

टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग छलफल गरेको छ ।

पशुपालनबाहेक अन्य कृषिकर्ममा लागेका किसानसमेतको सहभागितामा भएको छलफलमा किसानका समस्या, उत्पादन, योजनालगायत उत्पादकत्व वृद्धिका समग्र पक्षबारे विचार व्यक्त भएको थियो । दूध र मासुमा आत्मनिर्भर हुनसके दूध तथा दूग्धजन्य पदार्थका लागि रकम बाहिरिने रकम स्वदेशमा नै उपयोग हुने वास्तविकतातर्फ पनि किसानको ध्यानाकर्षण गरिएको थियो ।

विशेष गरी पशुपालक किसानले दाना र घाँसको समस्या समस्या, उत्पादन उचित मूल्य र सहज रूपमा बजारको पहुँच विस्तारमा जोड दिएका थिए, भने अन्यले मल, सिँचाइ र उन्नत बीउको प्राप्तिमा सघाउन एकाइका पदाधिकारीलाई अनुरोध गरेका थिए ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख भरत कँडेलले प्राप्त सुझाव तथा माग सम्बोधनका निम्ति सम्बनिधत निकायमा पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजनाको कृषितर्फको यस वर्षको रु. १४ करोड ८६ लाखमध्ये रु. सात करोड खर्च नहुँदा बजेट ‘फ्रिज’ हुने अवस्था सृजना भएको बताइएको छ ।

Skip This
Skip This
Logo