पाँच दल एकमत: सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन

पाँच दल एकमत: सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत भएका छन्।

शुक्रबार नयाँ बानेश्वरमा नेपाली कांग्रेसको आह्वानमा भएको पाँच दलीय संयुक्त बैठकले संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको हो।

बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो।

यस्तै, बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सोबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

Skip This
Skip This
Logo