स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान शेयर बाँडफांड गरेको हो ।
जस अनुसार ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्ये बाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् ।
आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जस मध्ये कुल २३० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी ४ करोड २० लाख रुपैयाँ छ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस





























प्रतिक्रिया