छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक: कांग्रेस

छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक: कांग्रेस

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक रहेको बताएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालु्वाटारमा कांग्रेस शीर्ष नेताहरूसँग भएको छलफलमा कांग्रेसले प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकरात्मक रहेको बताएको हो।

छलफलपछि बाहिरिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,‘उहाँ सकारात्मक हुनुहुन्छ। यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र प्रमुख सचेतक लेखकलगायतका नेताहरू बालुवाटार पुगेका थिए।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो।

Logo