काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालयमा आफै हुँदा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले कसरी छानविन गर्छ भन्दै प्रश्न गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदीय छानबिन समिति बनाउँदा मन्त्री लामिछानेलाई गृहमन्त्रीको रुपमा नभइ उपप्रधानमन्त्रीको रुपमा मात्र जिम्मेवार हुन आग्रह गरेका छन्।
उनले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौँ। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौँ। होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन। राजीनामा हामी भन्दैनौँ उहाँ सरकारमा नभएको भए त्यो पनि गृहमन्त्री नभएको भए केही पनि गर्दैनौँथ्यौँ होला। उहाँलाई अहिले जुन कुराको आरोप लागेको छ, त्यो कुरा होइन भनेर पुष्टि गरिदिनुपर्यो। त्यो कुरा पुष्टि गर्नको लागि उपप्रधान तथा गृहमन्त्री त भइरहनुहोस्, तर, गृहमन्त्रालयमा त बस्नु भएन नि। गृहमन्त्रालयमा बसेर सिआइबीले कसरी छानविन गर्छ ?































प्रतिक्रिया