मदन भण्डारी बाँचिरहेका भए ? (भिडियोमा)

मदन भण्डारी बाँचिरहेका भए ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

संसारमा कम्यूनिष्ट पार्टीहरु ओरालोमा रहेकावेला मदन भण्डारी तत्कालिन मालेको नेतृत्वमा आएका थिए । त्यहीवेला उनले कम्यूनिष्टहरु देशकाल परिस्थिति अनुसार चल्नुपर्छ भन्दै ‘जनताको बहुदलीय जनवाद’ नामक नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए । यही विचारले उनलाई देश–विदेशमा समेत चिनाएको थियो ।

‘इन नेपाल कार्लमाक्र्स लिभ’ अर्थात नेपाल जहाँ कार्लमाक्र्स जिउँदो छ । यही शीर्षकमा ‘न्यूजवीक’ नामक अंग्रेजी म्यागेजिनले मदन भण्डारीको अन्तर्वार्ता छापेपछि उनी संसारका पढेलेखेका र बौद्धिक वर्गमा पनि परिचित बने ।

बीबीसीले त सर्वेक्षण नै ग¥यो, नेपालमा किन कम्यूनिष्ट बढिरहेका छन् भनेर । उसको निश्कर्ष थियो, नेपालमा कम्यूनिष्ट बढ्ने मुल कारण हुन्– मदन भण्डारी ।

कम्यूनिष्ट सकिए भनेर आनन्द मानेर बसेकाहरुबीच यिनै यावत कारणले उनी घाँडो सावित भए । धेरैले मदनको मृत्युको कारण उनको लोकप्रियतालाई मान्दछन् । बाँकि भिडियोमा ।

Logo