राई इज किङ राजेश पायल राईले ओमानमा मच्चाए धमाका

राई इज किङ राजेश पायल राईले ओमानमा मच्चाए धमाका

केन्द्रबिन्दु
441
Shares

काठमाडौं । राई इज किङ अर्थात् लोकप्रिय पाश्र्वगायक राजेश पायल राईले ओमानमा धमाका मच्चाएका छन् ।

नेपाल किराँत समाज ओमानले आयोजना गरेको किराँत यले सम्वत ५०८४ एवम् उभौली पर्वको पहिलो बृहत् सांस्कृतिक कार्यक्रममा गायक राजेश पायल राईले विशेष साङ्गतिक प्रस्तुति दिएका हुन् । उनलाई ओमानमा गैरआवासीय नेपाल संघका पूर्व उपाध्यक्ष डिबी क्षेत्री, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालका साथै किराँत समाज ओमानका सभापति याम लिम्बुले स्वागत गरेका थिए ।

राजेश पायल राईले उक्त कार्यक्रममा तिमिले बाटो फेर्यौं अरे, दिक्तेल बजार, दर्शन नमस्तेजस्ता ३०/३५ वटा गीत गाएका थिए । सो क्रममा उल्लेख्य रुपमा उपस्थित भएका नेपालीका साथै विदेशी दर्शकले भरपूर मनोरञ्जन लिएका थिए ।

राई र लिम्बूको संस्था नेपाल किरात समाजले मस्कटमा पहिलोपटक संयुक्त रुपमा सांगीतिक कार्यक्रम गरेको हो । यो कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको आयोजकले जनाएको छ ।

अब राजेश पायल राईले साइप्रस यात्रा गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo