काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ।
इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा उनी सवार हेलिकप्टर जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ।
दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ।
आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटना भएको हो।































प्रतिक्रिया